क्षमता स्वमूल्यांकनमा राप्तीसोनारीको सुधारात्मक नतिजा

राप्तीसोनारी । राप्तीसोनारी गाउँपालिकाले आफ्नो स्थानीय क्षमता स्वमूल्यांकन अंकमा सुधार गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ६७.२५ प्रतिशत रहेको राप्तीसोनारीमा २०७९/०८० मा भने यसलाई बढाएर ७४.२५ अंक प्राप्त गरेको छ ।

२०७७/०७८ मा ४९ अंकमात्रै राप्तीसोनारीले प्राप्त गरेको थियो । सुशासन र पारदर्शिताको सिद्धान्तको अवलम्बन गरेर कामकाज गर्दा पालिकाको कामकाजमा सुधार आएसँगै स्वमूल्यांकनमा सुधार भएको पालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जनाए । ‘पालिकाको विकासका लागि लागेका छौं,’ उनले भने, ‘जनताको आवश्यकता र पालिकाको दीर्घकालीन योजनामा विधि पद्धतिअनुसार काम गरेका छौं ।’ स्वमूल्यांकन सुधार भएसँगै काममा अझ हौसला प्रदान भएको उनको भनाइ छ ।

Exit mobile version