कोहलपुरमा दाउरा वितरण

कोहलपुर । अत्यधिक चिसो बढेपछि कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा दाउरा वितरण गरेको छ । सर्वसाधारणको बढी भिड हुने स्थान, चोकलगायतका क्षेत्रमा चिसोबाट बच्न दाउरा वितरण गरिएको हो ।

कोहलपुरका १५ वटै वडाका करिब ९५ स्थानमा दाउरा वितरण गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जनाए । पुस २८, २९, माघ १ र २ गते गरी चार दिन पालिकाभित्र दाउरा वितरण गरेको नगरपालिकाले जनाएको छ । पछिल्लो समय अत्यधिक चिसोले यहाँको जनजीवन प्रभावित भएको छ । दाउरा वितरण कार्यमा नगर प्रहरी परिचालन भएको थियो ।

मंसीर २७ गते जिल्ला विपद व्यवस्थापन समितिको बैठकले चिसो तथा शीतलहर चलेको बेला चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सव डिविजन वन कार्यालय र वन उपभोक्ता समितिसँग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलब्ध गराउने, दाउरा उपलब्ध गराउँदा सहुलियत दररेटमा समेत उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको थियो ।

कोहलपुरका १५ वटै वडाका करिब ९५ स्थानमा दाउरा वितरण गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जनाए । पुस २८, २९, माघ १ र २ गते गरी चार दिन पालिकाभित्र दाउरा वितरण गरेको नगरपालिकाले जनाएको छ । पछिल्लो समय अत्यधिक चिसोले यहाँको जनजीवन प्रभावित भएको छ ।

मंसीर २७ गते जिल्ला विपद व्यवस्थापन समितिको बैठकले चिसो तथा शीतलहर चलेको बेला चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सव डिविजन वन कार्यालय र वन उपभोक्ता समितिसँग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलब्ध गराउने, दाउरा उपलब्ध गराउँदा सहुलियत दररेटमा समेत उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको थियो ।

Exit mobile version