जयन्दु बाल सुधार गृहमा झडप, दुई फरार

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा बालबन्दीहरु बिच कुटपिट भएको छ ।

बालबन्दीहरु बिच सोमबार राती विवाद हुँदा ६५ जना बालबन्दी फरार भएका थिए । फरारमध्ये ६० जना बालबन्दी राति नै खोजी गर्दा सम्पर्कमा आएको र तीन जनालाई बिहान खोजेर ल्याइएको तथा दुई जना अझै फरार रहेको जयन्दु बालसुधार गृहका प्रमुख बिमला काउचामगरले बताउनुभयो ।

विवाद र कुटपिट गर्ने मध्येका ११ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तत्काल पुर्‍याइएको सो बालसुधार गृहले जनाएको छ । फरार भई अझै सम्पर्कमा नआएका दुई जनाको पनि खोजी तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version