१. राष्ट्रिय स्वतन्त्र पार्टीका निस्कासित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति एवं श्रममन्त्री डीपी अर्यालले पार्टीलाई दिएको पैसा सिधै आफ्नो खल्तीमा राख्ने गरेको आरोप लगाएका छन् ।
२. एमालेले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने निर्णय गरेको छ । गत वर्ष एक वर्षका लागि पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई सम्बन्धित भूगोलभन्दा बाहिरको जिम्मेवारी दिएको थियो ।
३. अत्यधिक बहावका कारण सप्तरीस्थित महुली नदी ओभरफ्लो भइ पानी बस्तीमा पुगेको छ । तिरहुत गाउँपालिका–१ मा महुली खोला ओभरफ्लो भएको छ । नदी ओभरफ्लो भइ पानी बस्ती तर्फ सोझिएपछि पाँचसय घर डुबानमा परेको छ ।
४. नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो ।
५. सरकारले इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान इच्छुकसँग आह्वान गरेको आवेदनको प्रक्रिया नै अपारदर्शी देखिएको छ । वैदेशिक रोजगार विभागले ११ असारमा ८०० जनाको श्रमिक छनोटका लागि आह्वान गरेको सूचनामा अंग्रेजी भाषा परीक्षणको प्रमाणपत्रसम्बन्धी व्यवस्थाले समग्र भर्ना प्रक्रियाको स्वच्छतामाथि प्रश्न उठेको हो ।
६. नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
७. शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको स्पष्टीकरण दिएकी छन् । युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र काटेको थियो ।
- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेको ब्रिफिङ पार्टीका सांसदहरुसमक्ष गरेका छन् ।
माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भएका पछिल्ला भेटवार्ताहरुबारे जानकारी गराएका थिए ।