प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत गुमाएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत मागेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त नभएको हो । यससँगै प्रधानमन्त्री पदबाट प्रचण्ड पदमुक्त भएका छन् ।
दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसद्बाट विश्वासको मत लिएका थिए ।