नेपालगन्जमा रहेको भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले महिलाहरुको लागि मेहेन्दीमा सजिएर श्रावण मनाऔं भन्ने नाराका साथ भरोसा मेहेन्दी उत्सव २०८१ को आयोजना एक कार्यक्रमका साथ सुरुवात गरेको छ ।
कार्यक्रम मिना कुमारी बोगटीको अध्यक्षतामा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण संस्थाको संचालन प्रमुख ईन्दिरा बुढा मगरले गरेकी थिइन् ।
कार्यक्रममा भरोसाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले स्वागत तथा कार्यक्रम माथि प्रकाश पारेका थिए ।
भरोसाले यो कार्यक्रम विगत बर्ष देखि आफ्ना महिला शेयर सदस्यहरुलाई लक्षित गरेर वहाँहरुको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ यो दोश्रो कार्यक्रलाई निरन्तरता दिएको हो । कार्यक्रमको पहिलो दिनमा नै करीब २०० जना भन्दा बढी महिला दिदिबहिनीहरुको सहभागिता रहेको थियो ।
भरोसाले आफ्ना शेयर सदस्यहरुको लागि विभिन्न १६ प्रकारका बचत खाताहरु, ३ महिने देखि ३ बर्षेसम्मका अवधि बचत खाताहरु, ३ बर्ष देखि ५ बर्षसम्मका मुद्धति खाताहरुका साथै १५ प्रकारका कर्जाका शिर्षक अन्र्तगत हामी कर्जा प्रवाह गरिरहेको जानकारी दिएको छ ।
‘प्रविधिलाई आत्मसाथ गर्दै भरोसा स्मार्ट मोबाईल बैकिङ्ग, भरोसा एसएमएस बैकिङ्ग, भरोसा स्मार्ट क्युआर सेवा, भरोसा स्मार्ट टेलर सेवाको माध्यमबाट क्यासलेसलाई बढावा दिँदै आफ्ना सेवाहरु प्रदान गर्दै आईरहेका छौं’, भरोसाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले भने, ‘वित्तिय साक्षरताको सवालमा पनि विभिन्न टोल, छिमेकमा रहनु भएका आमा समूह, महिला समूह लगायत अन्य संघसंस्थाहरुसँग समन्वय गर्दै वित्तिय जागरणका कार्यहरु गरिरहेका छौं ।’
गत आ.व. २०८०÷०८१ मा सबैभन्दा बढी सर्वाेत्कृष्ट कारोबार क्युआर कारोबार समेत गर्ने देवि सिंहलाई कार्यक्रमका बीच सम्मानपत्र बाट सम्मानित गर्दै भरोसाको गिलफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
भरोसा मेहेन्दी उत्सव २०८१ साउन महिना भरी संचालनमा रहने संस्थाले जानकारी दिएको छ ।
त्यसै गरी महिला दिदिबहिनीहरुलाई लक्षित गरेर यो श्रावण महिनाभरी खाता खोल्न मिल्ने गरी भरोसा नारी सम्मान क्रमिक बचत खाताको प्रमुख अतिथिबाट लन्च गरिएको छ ।
भरोसाले न्युनतम मौज्दात रु. १०० बाट खाता खोल्न सकिने, क्रमिकरुपमा दैनिक बचत जम्मा गर्नुपर्ने, कम्तीमा ६ महिना अवधिको खाता संचालन गर्नुपर्ने, दैनिक मौज्दातका आधारमा ब्याज प्राप्त हुने, बार्षिक ७ प्रतिशतका दरले ब्याज उपलब्ध गराइने भरोसा नारी सम्मान क्रमिक बचत खाताको विशेषता रहेको जानकारी दिएको छ । ‘यो खाता महिलाहरुको लागि मात्र हुनेछ’, भरोसाले जानकारी दिएको छ, ‘होम बैकिङ्गको सुविधा, स्टेटमेन्ट तथा पासबुक निःशुल्क रहेको छ ।
य उक्त खातामा रु. १ लाख बराबरको दूर्घटना वीमा सुविधा, संस्था (भरोसा) को तर्फबाट निशुल्क मेहेन्दी एवं आकर्षक गिफ्ट प्रदान गरिनेछ, खाता साउन २०८१ भरी मात्र लागु हुनेछ ।