१. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि योजनाहरु शिलान्यास मात्रै गरेर छोड्न नहुने बताएका छन् । बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै सभापति देउवाले शिलान्यस गर्ने तर नबनाइदिँदा अलपत्र हुने भन्दै कुनैपनि योजनाको उद्घाटन मात्रै गरेर छोड्नु नहुने बताए ।
२. बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले बुधबार फेरि ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
३. चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो २ ः १० बजे भरतपुर महानगरपालिका–७ मनकामना चोक पुगेको वाग्मती प्रदेश–०१– ०३० च ७१९० नम्बरको कारमा आगजनी भएको डिएसपी भेषराज रिजालले जानकारी दिए ।
४. प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।
५. पाँच वर्षभन्दा बढी समयसम्म लागतभन्दा कम मूल्यमा अण्डा बेच्नुपरेपछि ७५ प्रतिशत अण्डा उत्पादक किसान विस्थापित भएका छन् । यसअवधिमा बैंकमा ऋण थपरे केही टिकेका छन् भने कही नयाँ आएका छन् ।
६. अर्थ मन्त्रालयले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा दुई ‘सिफ्ट’ मा काम गर्ने व्यवस्था मिलाउन विकासे मन्त्रालयहरूसँग आग्रह गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट कार्यान्वयन मार्गदर्शन पठाउँदै अर्थले यस्ता आयोजनामा दुई सिफ्टमा काम गर्न भनेको हो ।
७. उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने जानकारी दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग बुधबार अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा उनले निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी नरोकिने बताए ।
८. अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढीले मनाङस्थित चामे गाउँपालिका–१ स्थित तिमाङखोलाले काठेपुल तथा तिमाङ ठूलो छहराको पक्की मोटरेवल पुल गत असार १८ गते बगाएपछि आवागन रोकिन पुगेको थियो ।