१. उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको आत्मबल बढाउनु अहिलेको मुख्य चुनौती रहेकोबार सरकार जानकार रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा मन्त्री पौडेलले विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताए ।
२. पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीबाट पहाडी भेग जोड्ने हुप्सेकोट गाउँपालिका–५ को पांग्रेमा गएको पहिरो १४ दिनपछि हटाइएको छ । दुई हप्तासम्म पनि पहिरो नहटाउँदा पहाडी भेगबाट सदरमुकाम कावासोती आउन स्थानीयलाई समस्या परेको थियो ।
३. नेपाली कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री सतिश सिंहले अर्थसहित चार मन्त्रालय दिने भएपछि कांग्रेस बिहीबार सरकारमा सहभागी हुन लागेको हो । यसअघि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेस सरकारमा सहभागी हुन आनाकानी गरेको थियो ।
४. झापा विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ ।
५. एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् ।
६. मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको हो ।
७. इञ्जिनियर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताएका छन् ।
८. नेपाल प्रहरीले भिजिट भिसामा एकजना पीडितलाई कुवेत पु¥याई मानव बेचबिखन गरेको अभियोगमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका–३ काका झयन्द्रकुमार अधिकारी रहेका छन् ।