स्वस्थ समाजका लागि सञ्चारमाध्यमले आफ्ना सामाग्रीहरू पस्किदा सकारात्मकताको ध्यान दिन आवश्यक रहेको आंैल्याइएको छ । सोमबार बह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालगन्जले आयोजना गरेको पत्रकारहरूसँगको कार्यक्रममा मुख्य वक्ता, राजयोगीनी बह्मकुमारी दुर्गा दिदीले मिडिया मार्फत सारकात्मक विचार प्रवाह आवश्यक रहेको औंल्याइन् ।
बह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख दुर्गा दिदीले बाँकेका पत्रकारहरूलाई सञ्चारमाध्यमले स्वच्छ र स्वस्थ समाज निर्माणका लागि आफ्ना सञ्चारसामाग्री पस्किनु पर्ने सुझाव दिइन् ।
‘त्यसका लागि आध्यात्मिक रूपमा मानसिक रिचार्ज आवश्यक छ’, राजयोगीनी दुर्गा दिदीले झण्डै एक घण्टा
आध्यात्मिक प्रवचन दिंदै सञ्चारमाध्यम मार्फत मिडिया क्षेत्रले स्वच्छ र स्वस्थ समाजको वकालतका लागि पत्रकारहरूमा आध्यात्मिक ज्ञान आवश्यक रहेको बताइन् । बाँकेका झण्डै तीन दर्जन सञ्चारकर्मीहरू बीच दुर्गा दिदीले आध्यात्मिक जीवनको बहुआयामिक प्रभावबारे धारणा प्रस्तुत गरेकी थिइन् । अर्का वक्ता नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले धपेडीयुक्त पत्रकारहरूको जीवनशैलीमा आत्यात्मिक ज्ञानले सरकारात्मक ऊर्जा प्रदान गर्ने औंल्याए । उनले आध्यात्मिक ज्ञान हासिल गरेको पत्रकारले पस्किने सञ्चारसामाग्री सकारात्मक प्रवाहित हुने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, झलक गैरे, प्रदेश सदस्य मो. आरिफ अन्सारी, सरला सुवेदी, विजय बर्मा, शरण कर्माचार्य, प्रदिप वाग्ले, संगीन शर्मा, प्रियास्मृति ढकाल, बिमला चौधरी, शाहिदा शाह लगायतका पत्रकारहरूले आध्यात्मिक ज्ञानका आफ्ना पक्ष राखेको कार्यक्रममा ब्रह्मकुमारीका क्षेत्रीय सचिव कृष्ण बहादुर रानाभाटले स्वागत मन्तव्य सहित पत्रकारसँग सम्बन्धित कविता वाचन गरेका थिए । ब्रह्माकुमारी मुनाले सहजीकरण गरेको कार्यक्रममा कुमारी साहारा र वैष्णवीले स्वागत नृत्य र कुमार अर्जुनले आध्यात्मिक गीत प्रस्तुत गरेका थिए ।
‘स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशिक्तकरण ः मिडियाको भूमिका’ विषयक मिडिया स्नेह मिलन रिफ्रसमेन्ट कार्यक्रमको अध्यक्षता गरिरहेकी ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख दुर्गाले पत्रकारहरूका लागि आध्यात्मिक सचेतनासँग योग, साधनबारे नियमित समय उपलब्ध गराउन सकिने बताएकी थिइन् । उनले पत्रकारहरूलाई राजयोग प्रशिक्षण केन्द्रसम्म आएर विभिन्न कोर्षबाट प्रशिक्षित हुन आव्हान पनि गरिन् ।