बाँकेमा एक महिना भित्र ७० वटा घरेलु हिंसाका उजुरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, असार महिनामा मात्रै ७० वटा उजुरी प्राप्त भएको हो ।
बाँके प्रहरीले घरेलु हिंसाका ४६ वटा उजुरी असार महिनामा नै फस्र्यौट गरेको जानकारी दिएको छ । बाँकी उजुरीमा अनुसन्धान जारी रहेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।
बाँके प्रहरीमा महिला तथा बालबालिकासँग सम्बन्धित १४ वटा मुद्दा दर्ता भएकोमा १२ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको बताएको छ ।
महिला, बालबालिका हराएको ३४ निवेदन
बाँकेमा गत असारमा महिला तथा बालबालिका, जेष्ठ नागरिक हराएको भन्दै खोजीका लागि ३४ वटा निवेदन परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिक १४ फेला पारी अभिभावकलाई जिम्मा लगाएको जानकारी दिएको छ । ‘बाँकीको खोजतलास जारी रहेको छ’, बाँके प्रहरीले भनेको छ ।
सचेतनामा सक्रियता
पछिल्लो समय प्रहरीले सचेतनामा सक्रियता बढाउँदै लगेको छ । अपराध, दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले विभिन्न खालका सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
बाँके प्रहरीका अनुसार, गत असारमा १ सय ४४ वटा ट्राफिक नियम पालना सम्बन्धी सचेतनामूलक कायृक्रम गरिएको छ । ‘लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट सचेतना कार्यक्रम सञ्चालन गरिएको हो’, बाँके प्रहरीले भनेको छ ।
समुदाय र प्रहरी सहकार्य अन्तर्गत ४१ वटा सचेतनामूलक कार्यक्रम गत असारमा सञ्चालन भएको प्रहरीले बताएको छ । जसमध्ये २ वटा आत्महत्या न्यूनीकरण, २१ वटा लागूऔषध बिरुद्ध सचेतना र अल्पसंख्यक संग प्रहरी १ वटा कार्यक्रम संचालन गरिएको हो ।
प्रहरीले असार महिनामा नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा ‘लागू औषध दुव्र्यसन तथा ओसारपसार विरुद्ध एकिकृत अभियान २०८१’ सञ्चालन गर्दै विभिन्न खालका जनचेतनामूलक गतिविधि गरेको छ ।
बाँके प्रहरीका अनुसार, एकीकृत अभियान अन्तर्गत नेपालगन्ज नगर एरियाको ११ स्थानमा जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना, लागू औषध उन्मुखहरू संग फुटसल प्रतियोगिता, कक्षा ९÷१०मा अधयनरत् विद्यार्थीहरू बीच निबन्ध लेखन प्रतियोगिता, सचेतनामूलक सडक नाटक प्रदर्शन, जमुनाह नाका र बिमानस्थलमा डग स्निफिङ लगायतका कार्य गरिएको हो ।
जिप्रका बाँके सडक खण्डमा ६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।
चोकमा क्यामेरा