विश्व स्तनपान सप्ताह मनाइयो

वेस्टर्न अस्पताल नेपालगन्जले विश्व स्तनपान सप्ताहको २०२४ को अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ । “स्तनपानमा समानता, सबैको सहयोग र सहभागिता’ विषयक कार्यक्रममा स्तनपानको महत्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे धारणा राखिएको थियो ।

कार्यक्रममा अस्पतालका बरिष्ठ स्त्री तथा महिला रोग विशेषज्ञ डाक्टर कल्पना थापाले आफ्नो प्रस्तुति राख्दै स्तनपानको महत्वपूर्ण भूमिका र यसले बच्चाहरूको शारीरिक र मानसिक विकासमा पुरयाउने फाइदाबारे जानकारी दिइन् । ‘स्तनपानले बच्चालाई आवश्यक पोषण प्रदान गर्दछ र आमाको स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ । हामी सबै आमाहरूलाई स्तनपान गराउन प्रोत्साहन दिन्छौं र यसका लागि आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं’, उनले भने ।

कार्यक्रममा आहारविद सुशिल खनालले आमाहरूलाई सुत्केरी अवस्थामा पोषण, खानको तालिका, खानाका परिकार लगायत अन्य कुरा सम्बन्धि बिशेष प्रस्तुति दिए । कार्यक्रममा सहभागी आमाहरूले आफ्ना अनुभवहरू साझा गरे र स्तनपानका चुनौतीहरूबारे छलफल गरिएको थियो । कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मीहरूले स्तनपान सम्बन्धी सही तरिका र उपायहरूका बारे प्रदर्शन गरेका थिए ।

Exit mobile version