देशमा आजः ८ बजे ८ खबर

१. कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । गत वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।

२. एमालेले पूर्व माओवादी पृष्ठभूमि भएका एमाले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै उनलाई एमालेले पदमुक्त गरेको हो ।

३. अदालतमा गएर बयान फेरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बयान फेरेको आरोपमा अख्तियारले शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

४. राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन हुने जनाएको छ ।शनिबार प्रकाशित नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी ननग्रेडिङ (एनजी) मा परेका थिए ।

५. कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ । दोधारा चाँदनी नगरपालिका–२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो ।

६. प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरु एउटै परिवारका रहेका छन् ।

७. गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर रुरु क्षेत्र गाउँपालिका‐२ का ३५ वर्षीय हरि कुँवरको शुक्रबार मृत्यु भएको हो ।

८. चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्ने भएका छन् ।

Exit mobile version