कोहलपुर क्षेत्रका छाडा पशुचौपाया व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाले उचित व्यवस्थापन थालेको छ । त्यसका लागि राप्तीसोनारी गाउँपालिका–२ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा पशुचौपायाको व्यवस्थापन गरिएको हो ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले छाडा पशुचौपायाका कारण कोहलपुर नगरपालिकाको हरित नगर अभियानमा समेत असर परिरहेकोले त्यसको व्यवस्थापन गर्न खोजिएको बताए ।
नगर प्रमुख आचार्यका अनुसार, नगरपालिकाको हरित नगर अभियानमा पनि छाडा पशु चौपाया बाधक भइरहेका छन् । यसको व्यवस्थापनका लागि गौ सेवा धामसंग भएको सहमति अनुसार ती पशुचौपाया संकलन गरी पठाइएको हो ।
कोहलपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपाका कारण सवारी दुर्घटना बढेको, नगर क्षेत्रमा रोपिएका बोटबिरुवा र किसानलाई समेत सास्ती दिएको पाइएपछि कोहलपुर नगर प्रहरी, इलाका प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा गौ सेवा धाममा पु¥याइएको नगर प्रहरी प्रमुख बिरबहादुर थापाले जानकारी दिए ।
नगर क्षेत्रमा रहेका छाडा पशुचौपाया कोहलपुर नगरपालिका–१२ चपरगौडीमा रहेको जनज्ञानज्योती विद्यालयको खेल मैदानमा जम्मा गरी पैदलमार्गबाट ८८ वटा पशुचौपाया गौ सेवा धाममा पु¥याइएको पनि थापाले बताए ।