बाँके : ज्याला बढ्यो

दिनभर काम गरेर गुजारा चलाउने श्रमिकको ज्याला आर्थिक वर्ष २०८१/८२ का लागि वृद्धि गरिएको छ । सार्वजनिक खरिद नियमावली बमोजिम जिल्ला दररेट निर्धारण समितिको बैठकले ज्याला वृद्धि गरेको हो ।

ज्याला वृद्धिसँगै अब श्रमिकले चालु आ.व. २०८१÷०८२ मा १ हजार ५० प्रतिदिन ज्याला पाउने भएका छन् । श्रमिकले गत आ.व. २०८०÷०८१ मा ९ सय ७५ प्रतिदिन ज्याला पाउँदै आएका थिए । प्रत्येक बर्ष जिल्ला दररेट निर्धारण समितिले श्रमिकको ज्याला न्यून बढाउँदै आउने गरेको छ ।

जिल्ला प्रशासनका अनुसार, सिकर्मी, डकर्मी, चित्रकार बज्रकर्मी, दक्ष कामदार (निकुञ्जभित्र), ढुंगेकर्मी डकर्मी, रोलर ग्रेडर अपरेटरको प्रतिदिन ज्याला ९ सय ७५ बाट बढाएर १ हजार ५० निर्धारण गरिएको हो ।

त्यस्तै, अर्धदक्ष जनशक्तिको प्रतिदिन ज्याला ९ सय ५० निर्धारण गरिएको छ । अघिल्ला आ.व. आ.व. २०८०÷०८१ मा उक्त ज्याला ९ सय १० रहेको थियो । त्यस्तै, चालु आ.व.का लागि ज्यामी, कुल्ली, रोलर ग्रेडर हेल्पर, क्लिनर, चौकीदार लगायतको प्रतिदिन ज्याला ७ सय ५० कायम गरिएको छ । अघिल्लो आ.व.मा उनीहरूको ज्याला ६ सय ८५ रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तथा आधारभूत निर्माण सामग्री, सामान ढुवानी÷मेसिन उपकरण भाडा, फलामजन्य लगायत निर्माण सामाग्रीको पनि दररेट निर्धारण गरेको छ ।

Exit mobile version