सर्पदंश रोक्न नाग पूजा

बर्षेनी सर्पदंशका कारण ज्यान जाने जोखिममा रहेको राप्तीसोनारी–७ का स्थानीय बासिन्दाले तेस्रो सोमबार पारेर नाग पुजा बस्ती नजिकै खेतमा बिशाल आँपको रुख मूनि गाउँभरीका महिलाहरू एकैठाउँ जम्मा भएर नागपुजा गरेका हुन् । स्थानीयबासीका अनुसार, प्रत्येक तीन बर्षमा गरिने यसखालको नाग पुजाको संस्कार परम्परागत रूपमा निकै महत्वपूर्ण मानिन्छ ।

घरघरबाट भिक्षा माग गरेर ल्याइएको खाद्यान्नबाट मिठान्न बनाई सर्पको बिगबिगी भएको ठाउँमा पुजा गर्ने प्रचलन छ । ‘प्रतिकात्मक रूपमा नाग देवताको प्रतिमा बनाएर त्यसमा दुध, खिर लगायतका मिठान्न नाग देवतालाई चढाइन्छ’, स्थानीय युवा सीमाकुमार मौर्यले पुजा संस्कारबारे जानकारी दिंदै भनिन्, ‘पुजा संस्कारका क्रममा सबैले एकसाथबाट नाग देवतासँग मानिस मिलेर बस्ने भएकाले टोकेर क्षति नपुर्याउन अर्चना गरिन्छ ।’

स्थानीय अगुवाका अनुसार, घरखेत गर्दा होस् वा घाँस दाउराका लागि जंगल जाँदा होस् सर्पले नटोकोस् भन्ने मुख्य उद्देश्य नै यो पुजा संस्कारको रहेको पाइन्छ । ‘बर्षेनी घाँस दाउरा गर्दा कैयौंलाई सर्पले टोकेका घटना हाम्रो गाउँमा व्याप्त छन्’, स्थानीयबासीले पूजा कर्मका क्रममा दैनिक नेपालगन्जसँग भने, ‘यसले नाग देवताका रूपमा पूजा गरिने सर्पसँग मिलेर बस्न पनि सन्देश दिन्छ, सावधानी अपनाउने कुरामा पनि सचेत गराउँछ ।’ दर्जनौं घरबाट खिर, दुध आदी मिठान्न पुजाका लागि ल्याउँदा नोक्सान नहोस् भनेर एक जनालाई सम्पूर्ण फुल प्रसाद दिइने यो संस्कारको अर्को अनौठो चलन छ । ‘उहाँले पुजाकर्म आदी सकिएपछि यहाँको सरसफाई र रेखदेख गर्ने सर्तमा यहाँको सम्पूर्ण मिष्ठान्न फल प्रसाद आदी लैजानुहुन्छ’, स्थानीयबासीले एकजना गाउँलेलाई देखाउँदै भने ।

Exit mobile version