देशमा आजः ८ बजे ८ खबर

१. बुटवल–नारायणगढ सडक निर्माणको म्याद एक वर्ष थपेको दुईसाता बितिसक्दा पनि ठेकेदार कम्पनीले काम सुरु नगरेपछि जिल्ला प्रशासन कार्यालयले आयोजनाको जिल्ला प्रमुखसँग स्पष्टीकरण सोधेको छ ।

२. काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्य्राक)मा पर्ने धेद्रे सुरुङको दुवैतर्फ ‘ब्रेक थ्रु’ भएको छ । धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने खण्डको गत जेठमा ‘ब्रेक थ्रु’ भएको थियो । जसको दूरी १.६५ किमि छ ।

३. कांग्रेसले नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकाय गरी दुई छुट्टाछुट्टै संस्था बनाउन ‘लबिइङ’ सुरु गरेको छ । कांग्रेस सांसदहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर दुई निकायमा विभाजन गर्ने गरी चाँडै विधेयक अघि बढाउन आग्रह गरेका हुन् ।

४. बंगलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल–बंगलादेश व्यापारमासमेत परेको हो ।

५. हावाहुरीसहितको वर्षाले पाँचथरको फालेलुङ र मिक्लाजुङका किसानले लगाएको मकै बालीमा क्षति पुगेको छ । साउन १७ देखि १९ सम्म आएको वर्षाले मिक्लाजुङ गाउँपालिका–२ र ५ सँगै फालेलुङ–५ का किसानले लगाएको मकै बालीमा क्षति पुगेको हो ।

६. सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले र कांग्रेसको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

७. बूढीगंगा नदीको कटानले बाजुरा र अछाममा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । यो वर्ष पनि नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौं बस्तीसमेत जोखिममा परेका छन् ।

८. प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माणमा ३६ प्रतिशत प्रगति भएको जानकारी दिएका छन् । साथै उनले आगामी २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा समेत गरेका छन् ।

Exit mobile version