स्थानीय प्रशासनले बाँकेका राप्ती तटीय वस्तीमा सावधानी अपनाउन र सतर्क रहन चेतावनी दिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले मंगलवारदेखि मनसुन पुनः सक्रिय हुँदै जाने र बाँके लगायतका स्थानमा भारी वर्ष हुने पूर्वानुमान गरेसँगै बाँके प्रशासनले सोमवारनै सूचना जारी उक्त चेतावनी दिएको हो ।
बाँके प्रशासनका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङले जारी गरेको सार्वजनिक सूचनामा राप्ती, डुडुवा लगायत नदी तटीय क्षेत्रका साथै बाढी तथा डुवानको दृष्टिकोणले संवेदनशील अन्य क्षेत्रमा बसोवास गर्ने सबै सर्वसाधारणहरूलाई सुरक्षित स्थानमा रहन र सावधानी अपनाउन समेत सचेत बनाइएको छ ।
तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुई÷दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन् ।