देशमा आजः ८ बजे ८ खबर

  1. प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
  2. गुल्मीमा पहिरोले घर बगाउँदा पुरिएर ४ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ बिसौनास्थित विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिँदा मंगलबार ४ जनाको मृत्यु भएको हो ।
  3. मनसुन सक्रिय भएसँगै साढे १३ लाख हेक्टरमा धान रोपाइँ भएको छ । यो कुल रोपाइँ हुने क्षेत्रफलको ९६.३ प्रतिशत हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुलुकभर १४ लाख १ हजार २ सय ७३.७३ हेक्टरमा रोपाइँ हुन्छ । साउन २० गतेसम्म १३ लाख ४९ हजार ६ सय ७.४ हेक्टरमा धान रोपाइँ भएको हो ।
  4. जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सदरमुकाम खलंगादेखि नेटाबजार जाँदै गरेको जिप भेरी नगरपालिका-६ भेरेमा दुर्घटनामा भएको जाजरकोट प्रहरीले जनाएको छ । दुर्घटनामा १४ जना यात्रु घाइते भएको जाजरकोटका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।
  5. मोरङको रानी नाकाहुँदै नेपाल छिर्न खोज्ने एक बंगलादेशी नागरिकलाई नेपाली सुरक्षाकर्मीले भारत तिरै फर्काइदिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को संयुक्त टोलीले सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा बंगलादेशी नागरिक ४६ वर्षीय उत्तम सर्कारलाई मंगलबार दिउँसो भारततिरै फर्काइदिएका हुन् ।
  6. डेंगी संक्रमणबाट तनहुँमा १ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले डेंगी संक्रमणका कारण तनहुँमा एक जनाको मृत्यु भएको जनाएको हो ।
  7. प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने आफ्नो प्रतिबद्धतामा शंका नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था समितिमा भएको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको बताए ।
  8. सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछाने सहित २६ जनालाई सोधपुछ गर्ने भएका छ ।
Exit mobile version