स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले लाखौं स्रोत नखुलेको रकम सहित पाँच जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

नेपालगन्ज–२० राँझास्थित विमानस्थल बाट स्रोत नखुलेको रु २४ लाखसहित पाँच भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।

विमानमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिक प्रकाशनारायण गुप्ता, अजय मिश्रा, आशिष गुप्ता, पंकज जैसवाल, बिमल गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत बाँकेबाट चार दिनको म्याद थप गरी हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रनाउ डाँगीले बताए ।

Exit mobile version