आज भेरीको इन्डोर भवन उद्घाटन गरिंदै

भेरी अस्पताल नेपालगन्जको इन्डोर भवनको आज शुक्रबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ ।

नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालको इन्डोर भवनको औपचारिक उद्घाटन गर्न लागेका हुन् । त्यसक्रममा मन्त्री पौडेललाई अस्पतालले प्रवाह गर्ने सेवा तथा भौतिक पूर्वाधारको अवस्था र आवश्यकताका बारेमा समेत जानकारी दिइने अस्पताल स्रोतले जानकारी दिएको छ ।

मन्त्री पौडेलले एमआरआई सेवाको समेत आज शुक्रबार औपचारिक उद्घाटन गर्ने भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए ।
बाँकेमा रहँदा मन्त्री पौडेलले कोहलपुर नगरपालिकाले आयोजना गरेको स्वास्थ्य बीमा कार्यक्रम उद्घाटन गर्ने, खजुरा स्थित सुशील कोइराला क्यान्सर अस्पताल खजुराको समेत अवलोकन गर्ने लगायतका कार्यक्रम तय छन् ।

Exit mobile version