नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा निर्मार्णाधिन नगरकै पहिलो क्रियापुत्री भवन तयार हुने अवस्थामा पुगेको छ ।
नागरिक स्तरमा पहल लिएर निर्माण गरिएको अत्याधुनिक सुविधा सहितको क्रियापुत्री भवनको दोस्रो तल्ला शनिबार ढलान भएको जानकारी दिंदै निर्माण समितिका बसन्त लामिछानेले दैनिक नेपालगन्जसँग भने, ‘असोज भित्रै निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने योजनाका साथ निर्माण कार्यलाई तिव्रता दिइएको छ ।’
विभिन्न दाता तथा सरकारी स्रोतको साझेदारीमा निर्माण भैरहेको क्रियापुत्री भवन नेपालगन्ज नगर भित्र पहिलो त्यसखालको संरचना हुने बताइएको छ ।