देशमा आजः ८ बजे ८ खबर

  1. जनप्रतिनिधहरु बीचको आपसी टकरावले देशभरका २३ गाउँपालिकाको गाउँसभा हुन सकेको छैन । समयमा गाउँसभा नहुँदा ती गाउँपालिकाको सेवा प्रभावित भएको छ ।
  2. प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई शनिबार सम्बोधन गर्दै देशबासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् ।
  3. केही सातायता डेंगी र हैजाका संक्रमितको संख्यामा बढ्दोक्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी संक्रमितको संख्यामा तीन हजार ८४ जना पुगेको छ ।
  4. म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पु¥याएको छ । अन्नपूूर्ण–२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुुभाई कृषि तथा पशुुपंक्षी फार्ममा क्षति भएको हो ।
  5. नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीद्वारा शनिबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बीचमा सहकार्य भएको बताउनुभएको छ ।
  6. नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बङ्गलाबन्ध नाका खुलेकोे छ । नाका खुलाभएसँग बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।
  7. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो ।
Exit mobile version