एउटाट ट्रकको ठक्करले शनिवार बैजनाथ गाउँपालिका–५ जि गाउँ चोकमा प्रहरी जवानको ज्यान गएको छ ।
भे.१ क २०६२ नम्बरको ट्रकले बा.प्र.०३–००५ प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका–९ घर भई प्रहरी चौकी कपुरकोटमा
कार्यरत प्रहरी जवान महेन्द्र बिकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।