अब नेपालगन्जमै ग्रेनाइट उत्पादन

बाँकेको नेपालगन्जमा पश्चिम क्षेत्रकै पहिलो ग्रेनाइट उद्योग स्थापना भएको छ । जय मंगलम् सिमेन्टस् प्रा.लि. स्थापनाको २५औं बर्ष पारेर जय मंगलम् स्टोनले ग्रेनाइट उत्पादन सुरु गरेको हो । ‘ट्रायल प्रोडक्सन भैरहेको छ’, २० करोड बढीको लागतमा नेपालगन्जको गनापुरमा स्थापना गरिएको जय मंगलम् स्टोन प्रा.लि.का प्रबन्ध निर्देशक रिशभ अग्रवालले दैनिक नेपालगन्जसँग भने, ‘उद्योग स्थापनाको लगानी भन्दा यसको सञ्चालन खर्च निकै उच्च छ ।’

भैरहवा पश्चिम ग्रेनाइट उद्योग नभएकाले जय मंगलम्ले उद्योग स्थापना गरेको हो । ‘माग अनुसारको बजारलाई आपूर्ति दिन सक्षम हुनेगरी उच्च क्षमताको उद्योग स्थापना भएको छ’, युवा उद्योगपति अग्रवालले भने, ‘उपभोक्ताको माग अनुसार उच्चतम गुणस्तरको ग्रेनाइट उत्पादनका लागि दक्ष जनशक्ति र सोही अनुसारको कच्चा पदार्थ व्यवस्थापन गरिएको छ ।’

जय मंगलम् सिमेन्टस् प्रा.लि. ले पछिल्लो साढे दुई दशकदेखि नेपालगन्जमा सिमेन्टस् उत्पादन गर्दै आएको छ । यति, रंक स्ट्रङ लगायतका विभिन्न ब्रान्डका सिमेन्ट उत्पादन गर्ने जय मंगलम् ग्रुपले ग्रेनाइट उद्योग सञ्चालनमा ल्याएको हो ।

‘अहिले परीक्षण उत्पादन भैरहेकाले यसका धेरै विविध पक्षहरुबारे काम गर्दै जाँदा थाहा हुन्छ’, प्रबन्ध निर्देशक अग्रवालले देशैभरी बजार बिस्तार गर्ने गरी उत्पादन दिने योजना सुनाउँदै भने, ‘मागका आधारमा आपूर्तिको सुनिश्चितताका लागि सोंचेर नै उद्योगको आधार तयार भएको छ ।’ उनको भनाइ छ, ‘आवश्यकताका आधारमा दुई÷तीन महिनाभित्र उद्योगको क्षमता बिस्तार गर्न सकिने गरी पूर्वाधार निर्माण गरिएको छ ।

Exit mobile version