११औं बर्षमा भुसाल ग्रुप
भुसाल डेकोर्सको एक दशक पूरा भएको छ । शनिबार ११औं बर्ष प्रवेश गरिरहँदा भुसाल डेकोर्स भुसाल ग्रुप अफ कम्पनीमा बिस्तारित भैरहेको सफलताको कथा सुनाउँदै प्रबन्ध निर्देशक जि.आर. भुसाल भन्छन्, ‘यसबीच निकै ठूला चुनौति र आरोहअवरोहको सामना गर्नुपर्यो ।’
उनले त्यसो भनिरहँदा शुक्रबार खजुरा स्थित भुसाल गु्रपको उद्योग स्थलमा दर्जन बढी कर्मचारी अत्याधुनिक ढोका उत्पादनमा व्यस्त थिए । प्रबन्ध निर्देशक भुसालले विगत सम्झिंदै भने, ‘यो उद्योग क्षेत्रमा मात्रै ५३ जना कर्मचारी कार्यरत थिए ।’ उनी भन्छन्, ‘कोभिड र त्यसपछिको आर्थिक मन्दीले रोजगारी कटौती गरेर सीमित जनशक्तिमा उत्पादनलाई निरन्तरता दिनु हाम्रा लागि बाध्यकारी अवस्था छ ।’
भुसालले अत्याधुनिक तयारी ढोकासँगै झ्यालढोकाका लागि चाहिने आधुनिक पर्दा, त्यसका आवश्यक आवश्यक संशासन मात्रै होइन तीन महिनामा औसत घर तयार हुने प्रिकाष्ठ प्रविधिमा आफ्नो लगानी बिस्तार गरिरहेको देखिन्छ । ‘विदेशमा महिना÷तीन महिनामै घर तयार हुने प्रविधि यही हो’, भुसालले उद्योग परिसर भित्र रहेको प्रिकाष्ठ प्रविधि देखाउँदै भने ।
१० करोड बढीको लगानीमा भुसाल गु्रप हाँकिरहेका प्रबन्ध निर्देशक जि।आर। भुसालले कम्पनीको ११औं बर्ष प्रवेशको पूर्व सन्ध्यामा उद्योग परिसरमा दिपावली गरिरहँदा स्थापनाका बर्ष सम्झिए । ‘काठमाडौंबाट रेडिमेड ढोका ल्याएर भाडाको सटरमा बुबाले व्यवसाय सुरु गर्दा एक लाख ७४ हजार लगानी भएको सम्झन्छु’, भुसालले आफ्नै भवनमा तयारी ढोकाको शोरुम, आकर्षक पर्दा घर र घरका लागि आवश्यक विभिन्न स–साना संशाधनहरूको आफ्नै ब्राण्डेड पसल परिसर देखाउँदै भने । उनका अनुसार, तमाम आर्थिक चुनौति बीच पनि भुसाल गु्रपले थोरै जनशक्तिबाट धेरै उपलब्धी हासिलका प्रयासमा निरन्तर लगानी बिस्तार गरिरहेको छ । ‘परिस्थिति सहज हुनासाथ पुरानै अवस्थामा जनशक्ति तयार हुनसक्छन्’, कोभिड अगाडि झण्डै ६५ जनालाई रोजगारी दिएको भुसाल ग्रुपले हाल २३ जनामा खुम्चिनु परेको दुखेसो सुनाउँदै प्रबन्ध निर्देशक भुसाल भन्छन्, ‘जनशक्ति थप गरेर उत्पादन वृद्धिका लागि बैंकिङ्ग लगानीको सहजता पर्खिरहेका छौं ।’
भुसाल गु्रपले शुक्रबार दशौं बार्षिकोत्सव र शनिबार ११औं बर्ष प्रवेशलाई विभिन्न सिर्जनात्मक कार्यक्रम गरी मनाएको जानकारी दिंदै प्रबन्ध निर्देशक भुसालले उपभोक्ताको मागलाई सम्बोधन गर्नेगरी आगामी बर्षलाई उपलब्धीमूलक बनाइने विश्वास व्यक्त गरे ।
‘तयारी ढोकासँगै ब्रान्डिङ्ग पर्दा र त्यसको फिटिङ्ग सहुलियत सहितका आकर्षक ग्राहक योजना पनि घोषणा गरेका छौं,’ भुसाल डेकोर्सको दशक मनाइरहेको भुसाल गु्रप अर्थात बिजीले एउटा घरलाई आवश्यक दक्ष जनशक्तिबाट उत्पादित झ्याल ढोका पर्दादेखि माग अनुसार रंगरोगनसम्म उपलब्धता दिने गरेको प्रबन्ध निर्देशक भुसालले जानकारी दिए । ‘स्वदेशी उत्पादनले देशको आर्थिक अवस्थालाई मजबुत बनाउने हुँदा त्यसतर्फ सबैको ध्यान जानु आवश्यक छ’, कतिपय नीतिगत असहजता फुकाउँदै निर्यातसम्मको सहजीकरण सरकारबाट हुनुपर्ने तर्क राख्दै युवा उद्यमी भुसालले दैनिक नेपालगन्जसँग भने, ‘नाफामूखि भन्दा गुणस्तरमा ध्यान दिन आवश्यक छ ।’