बाँकेको राप्ती नदी तट सिधनियाघाटमा सोमबार साँझ महाआरती गरिएको छ । स्थानीय स्तरमा हरेक पूर्णिमा तिथि पारेर गरिने महाआरतीको शुभारम्भ सोमबार गरिएको हो ।
पहिलो महाआरती उत्सवमा सहभागिताका लागि स्थानीय भक्तजन सँगै नेपालगन्ज तथा राप्तीपारीका विभिन्न गाउँबाट समेत दर्शनार्थीहरू राप्ती तट पुगेका थिए । पहिलो महाआरतीका कर्ता बनेका नन्दलाल वैश्यले हिन्दु धर्ममा गंगा महाआरतीको निकै महत्व रहेकाले यसलाई निरन्तरता दिनुपर्ने बताए ।
![](https://sp-ao.shortpixel.ai/client/to_auto,q_glossy,ret_img,w_1024,h_547/https://dainiknepalgunj.com/wp-content/uploads/2024/08/rapti-2-1024x547.jpg?v=1724086036)
स्थानीय अगुवा सुर्यलाल यादवले मासिक एक तिथिमा पर्ने महाआरतीलाई निरन्तरता दिने सुनिश्चितता गरेर शुभारम्भ गरिएको जानकारी दिए ।
![](https://sp-ao.shortpixel.ai/client/to_auto,q_glossy,ret_img,w_1024,h_758/https://dainiknepalgunj.com/wp-content/uploads/2024/08/1724083274288-1024x758.jpg?v=1724085963)