इन्जिनियर टेकबहादुर हितान उत्कृष्ट निजामती कर्मचारीका रुपमा सम्मानित भएका छन् । कर्णाली प्रदेश सरकारले आफ्नो स्थापना तथा सहिद दिवसको अवसर पारेर उनलाई सम्मान गरेको हो ।
पूर्वाधार विकास कार्यालय डोल्पाको कार्यालय प्रमुखका रुपमा कार्यरत इन्जिनियर टेकबहादु® हितानलाई कर्णाली प्रदेशमा रहेका १० जिल्लाको पूर्वाधार विकास कार्यालय अन्तर्गत आर्थिक वर्ष २०८०÷२०८१ को निजामती सेवा पुरस्कारबाट सम्मानित गरेको हो ।
इन्जिनियर हितानले निजामती सेवामा रही पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कदर पत्र तथा नगद ५० हजार रुपैयाँसहित पुरस्कृत गरेको प्रदेश सरकारले जनाएको छ ।