उपयोगमा नआउँदै उक्किएको सेन्थेटिक ट्रयाक एण्ड फिल्डको अध्ययनका लागि राखेपले गठन गरेको तीन सदस्यीय समितिले बुधबार आफ्नो प्रतिवेदन बुझाएको छ ।
अध्ययन समितिका संयोजक, राखेप सदस्य लेख बहादुर क्षेत्रीका अनुसार, तीन दिनको म्याद अवधी भित्रै अध्ययन प्रतिवेदन सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाइएको हो ।
‘देखिएको र बुझिएको सबै वास्तविकता अध्ययन गरेर प्रतिवेदन बनाइएको छ’, प्राविधिक र खेल विज्ञ सहितको अध्ययन समितिका संयोजक क्षेत्रीले दैनिक नेपालगन्जसँग भने ।
नेपालगन्ज रंगशालामा झण्डै १० करोड लागतमा निर्माण भएको सेन्थेटिक ट्रयाक उक्किएपछि त्यसको अध्ययन अनुसन्धान सँगै बिस्तृत छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले छानबिन समिति गठन गरेको थियो ।
राखेपका सदस्य लेख बहादुर क्षेत्रीको संयोजकत्वमा खेल विज्ञ, एथलेक्टिक्स प्रशिक्षक चन्द्र बहादुर गुरुङ्ग र राखेपका इन्जिनियर पूर्ण बहादुर सुन्दास सदस्य रहेको छानबिन समिति गठन भएको थियो ।