वातावरणमैत्री दीर्घकालीन रूपमा किफायती हुने प्राविधिकहरूले बताएका छन् । नेपालगन्जमा आयोजित प्राविधिकहरूको छलफल कार्यक्रममा उनीहरूले आवासीय घरको नक्सा बनाउँदा नै वातावरणमैत्री बनाउन ध्यान दिनुपर्ने बताएका थिए । ‘वातावरण मैत्री घर बनाउँदै खर्च बढ्दैन’, उनीहरू भन्छन् ।
लुम्बिनी प्रदेशका करिब २ दर्जन स्थानीय तहका इन्जिनियर लगायत नक्शा शाखामा कार्यरत प्राविधिकहरूले वातावरण मैत्री भवन निर्माण भवन निर्माणका विषयमा ब्यापक छलफल गरेका हुन् । भवन निर्माण गर्दा तापिय हिसाबले आरामदायी र उर्जाका खपत घटाउनका लागि प्राबिधिक रूपमा के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्ने बिषयमा स्थानीय तहका इन्जिनियर र नक्शा फाटमा कार्यरत ३९ जना प्राविधिकहरूका बीचमा छलफल भएको आयोजक संस्था मिन इनर्जीकी बरिष्ठ आर्टिकेट इन्जिनियर दिब्या आचार्यले बताइन् ।
स्थानीय साधन स्रोत प्रयोग गरी हाल भवन निर्माण गर्दा लाग्ने खर्च कै हाराहारी बजेट मै भवन निर्माण गर्ने प्रविधिमा सुधार गर्दा वातावरण मैत्री र सुरक्षित घर निर्माण गर्न सकिने बताउँदै बरिष्ठ आर्टिकेट इन्जिनियर दिब्या आचार्यले बताइन ।
आवासीय घर बनाउँदा भुकम्पका दृष्टि कति सुरक्षित छ भन्ने बिषयमा धेरैले ध्यान दिए पनि घरका कोठाहरूका बनाउँदा गर्मीमा कम तातो र जाडोमा न्यानो कसरी बनाउन सकिन्छ भन्ने तर्फ ध्यान दिन आवश्यक रहेको छलफलमा बताइएको थियो । विद्युतको खपत कम घटाउने, स्थानीय सामाग्री प्रयोग गर्ने, बढ्दो पानीको संकटलाई कसरी ब्यबस्थापन गर्ने, घरमा राखिएका पानीको टंकीलाई कसरी सफा राख्ने, कोठा भित्र प्राकृतिक वायुको प्रवाहलाई कसरी प्रभावकारी बनाउने, सबै कोठाहरूमा डे लाइडको उज्यालो कसरी पुर्याउने भन्ने जस्ता बिषयलाई ध्यान दिएर घरको नक्शा बनाउनु पर्ने नेपालगन्ज उप महानगरपालिकाका प्राबिधिक शाखाका प्रमुख इन्जिनियर सुरज शर्माले बताए ।
तीन दिनसम्म संचालन भएको तालिममा मिन इर्नर्जीकी छलफल कार्यक्रममा इनर्जीकी बरिष्ठ आर्टिकेट इन्जिनियर दिब्या आचार्य, इन्जिनियरहरू अभिशेष कर्ण, बिशाल पाण्डेले प्राबिधिक पक्ष र ओमराजोपाध्याले नीतिगत रूपमा सुधार गर्नु विषय विविध पक्षहरूमा तालिम दिएका थिए ।
तालिम पछि अधिकाश स्थानीय तहका इन्जिनियर र प्राबिधिकहरूले नीतिगत रूपमै ब्यबस्था गरेर आफु कार्यरत स्थानीय तहमा बाताबरण मैत्री र सुरक्षित घर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।