- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भरोसा पनि राख्न आग्रह गरेका छन् । फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा शनिबार आयोजित ‘काठमाडौँ युुथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको दाबी गरे ।
- भारतको पश्चिम बंगाल पानागढबाट भरतपुर आएकाे भारतीय सेनाकाे विमान शनिबार २५ शव लिएर उडेको छ । शुक्रबार दुर्घटनामा ज्यान गुमाएका २७ मध्ये २५ जनाको शव उक्त विमानले लगेको हो । अन्य दुई जनाको शव भने सडकमार्गबाट गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
- दुई करोड बढी खर्च गरेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बनाइएको कम्पोस्ट मल उद्योग अलपत्र परेको छ । आर्थिक वर्ष २०७६/७७ मा ठेक्कामार्फत १ करोड ९० लाख ७० हजार ६ सय ४ रुपैयाँ र कोटेसनमार्फत १० लाखभन्दा बढीमा सम्पन्न कम्पोस्ट मल उद्योग अलपत्र परेको हो ।
- भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने माग गर्दै शनिबार बृहत नागरिक आन्दोलनले काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म नागरिकहरुले प्रदर्शन गरेका हुन् । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ ।
- नेपालगञ्जमा खानेपानी समस्या समाधान गर्न सुरु गरिएको राप्ती खानेपानी आयोजना सञ्चालनमा ढिलाइ भएको छ । आर्थिक वर्ष २०७४/७५ बाट आयोजना निर्माणको काम अगाडि बढाइएको थियो । आयोजना सुरु भएको सात वर्ष भए पनि कामले गति लिन सकेको छैन ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए ।
- वर्खायाम लागेसँगै डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ ।
- भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।