जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी÷कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ ।
पार्टीले नेपालगन्ज नगर उपप्रमुख समेत रहेका जसपा नेपाल बाँकेका नेता कमरुद्दिनलाई केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ । राई सँगै लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा लाई पनि सचिव बनाइएको छ ।
हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्यविभाजन गरिएको जसपा नेपालले विज्ञप्तिमार्फत जनाएको छ । कार्यविभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष चुनिनुभएको छ ।
यस्तै, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष बन्नुभएको छ ।
महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त हुनुभएको छभने प्रकाश अधिकारी उपमहासचिव चुनिनुभएको छ । मनिषकुमार सुमन पार्टीको प्रवक्ता बन्नुभएको जसपा पार्टी कार्यालयले जनाएको छ । त्यसैगरी, दीपक कार्की र रेखा यादव पनि उपमहासचिव नियुक्त हुनुभएको छ ।
कोषाध्यक्षमा सुरिताकुमारी साह चुनिएकी छिन् ।