उपचार अभावमा राउटे बालिकाको मृत्यु

सुर्खेत । एक महिनादेखि बिरामीले थलिएकी राउटे बालिकाको मृत्यु भएको छ । १२ वर्षीया राउटे बालिका दुर्गा शाहीको बिहीबार राति राउटे बस्तीमै मृत्यु भएको हो ।

चिसो बढेसँगै राउटे समुदायका सदस्यहरूमा स्वास्थ्य समस्या देखिन थालेको छ । चिसो भुईँमा सुत्नुपर्ने हुँदा बालबालिका र वृद्धवृद्धाहरु जोखिम बढ्दो छ । राउटे बालिकाको उपचार अभावमा मृत्यु भएको जनाइएको छ । दुर्गा बिरामी परेको थाहा पाएपछि उपचार र खानपिनमा ध्यान दिन भनेपछि बिहीबार राति मृत्यु भएको राउटे परियोजनामा कार्यरत कर्मचारी लालबहादुर खत्रीले बताए ।

Exit mobile version