पब्लिक स्पीचमा सय बढी छनोट

बास नेपालको आयोजनामा पहिलो पटक राष्ट्रिय स्तरमै वक्ता छनोट गर्न आयोजित ‘पब्लिक स्पीच’ नेपाल २०८१को अडिसन राउण्डबाट १ सय २ जना छनोट भएका छन् ।

बास नेपालका निर्देशक नमस्कार शाहका अनुसार, उनीहरू भदौं २२ गते हुने सेमिफाइनलमा नेपाली भाषाको वक्तव्य सहित प्रस्तुत हुनेछन् । ‘त्यसबाट छनोटमा परेकाहरू भदौं २९ गते हुने फाइनल राउण्डमा उपाधीका प्रतिस्पर्धी हुनेछन्’, बासले पहिलो चरणबाट छनोट भएकाहरूको नाम सूचि सार्वजनिक गर्दै सोमबार भनेको छ ।

Exit mobile version