लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

बाँकेको खजुरामा रहेको कुखुरा बिकास फार्मले बार्षिक लक्ष्यभन्दा बढी लोकल कुखुराका चल्ला उत्पादन गर्दै आएको तथ्य सार्वजनिक गरेको छ ।

उक्त फार्मले गत आर्थिक बर्ष २०८०÷८१ मा बार्षिक लक्ष्यको २१ प्रतिशत बढी चल्ला उत्पादन तथा बिक्री गरेपछि यो र्षपनि अघिल्लो लक्ष्यलाईनै कायम गरिएको छ । गत आर्थिक बर्षमा एक लाख ८२ हजार चल्ला उत्पादन गरेको थियो । कार्यालय प्रमुख डा. सुमन खनालका अनुसार, गतबर्ष फार्मलाई एक लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य तोकिएको यो वर्षपनि त्यतिनै कायम छ ।

गत आर्थिक बर्षमा १० हजार चल्ला फार्ममै राखेर एक लाख ७२ हजार चल्ला विक्री बितरण गरेको जानकारी दिंदै कार्यालय प्रमुख डा. खनालले दैनिक नेपालगन्जसँग भने, ‘गत बर्ष लक्ष्य भन्दा हामीले ३२ हजार बढी चल्ला उत्पादन गरी बिक्री गरेका छौै ।’ उनका अनुसार, चालु आर्थिक बर्ष २०८१÷८२ मा पनि एक लाख ५० हजार कुखुराको चल्ला उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सोही अनुपातमा राजस्व पनि संकलन भएको छ । गतआर्थिक बर्षमा फार्मले चल्ला, कुखुरा र अण्डा बिक्री गरेर एक करोड ७ लाख २ हजार एक सय९ रुपैया राजस्व संकलन गरेको थियो ।

फार्मका अनुसार, अण्डाबाट ७६ लाख १०हजार ७ सय २५, कुखुराबाट २४ लाख७१ हजार ७ सय ६७ र अण्डाबाट ६ लाख १९ हजार ६ सय १७ रुपैया संकलन भएको हो । कार्यालय प्रमुख डा. खनालले चालु आर्थिक बर्ष २०८१÷८२ को साउन र आधा भदौसम्ममा करिब ६ लाख रुपैया राजस्व संकलन गरिसकेको बताए । ‘अहिले ब्रेक पोइन्ट अर्थात् ह्याचरी खाली राख्ने समय भएकाले असोजको अन्तिम साताबाट मात्रै चल्ला उत्पादन र बिक्री गर्ने’ कार्यालयले जनाएको छ ।

२०३४ सालमा स्थापना भएको कुखुरा बिकास फार्मले स्थापनाकाल देखि नै लोकल कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्दै आएको छ । फार्मले लोकल कुखुराको जात अन्र्तगत सकिनी, घाँटी खुइले, प्वाँख उल्टे, खजुरा सकिनीक्रस, न्यु हेम्पसायर, ब्लक अस्ट्रलोक र भारती लोकल जात कडक नाथको उत्पादन तथा बिक्री गर्दै आएको जाएको छ ।

फार्मले स्थानीय लोकल जातका कुखुरा संरक्षण गर्नु र किसानमार्पmत प्रबद्र्धन गर्नु रहेको छ । अहिले लोकल कुखुराको एक दिने चल्ला ४५ रुपैयामा बिक्रीगर्दै आएको छ, भने बढी भएको भाले कुखुरा पनि ३ सय रुपैया प्रतिकिलोका दरले बिक्री गर्दै आएको छ । साथै चल्ला उत्पादन गर्न नसकिने अण्डा पनि प्रति अण्डा ९ रुपैयाको दरले बिक्री गर्ने गरेको कार्यालयले जनाएको छ ।

Exit mobile version