- प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसकुकमार्फत उनले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिएका हुन् ।
- नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो ।
- दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका–८ असिगाडामा र भारत पिथौरागढ जिल्लाको छारछुम जोड्ने मोटरेवल पुलको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निरीक्षण गरेका छन् ।
- बागलुङको बान्द्रे खोला बाढीले बढाएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । खोलाले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेसँगै बाढीमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको हो ।
- बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ । एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो ।
- गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय–परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ ।
- सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिइएको छ ।
- कालिगण्डकी करिडोर अर्न्तगत पूर्वी नवलपरासी खण्डमा पहिरो खस्दा तीन स्थानमा सडक अवरुद्ध भएको छ । वर्षाको कारण पहिरो जाँदा शुक्रबार बिहानबाट नै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्लाको गैंडाकोट नगरपालिका ३ , ढोडेनीमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।