एसओएस युवालय नेपागन्जको आयोजनामा बाँके जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरूको संयुक्त बैठकले ‘बाल संरक्षण नक्साङ्कन निर्माण’ गरेको छ ।
बालबालिकाको क्षेत्रमा लामो समय देखि बाँके जिल्लामा कार्य गरी रहेका १५ भन्दा बढी सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितमा भएको ‘बाल संरक्षण नक्साङ्कन निर्माण’ गर्ने बैठक एसओएस युवालय नेपागन्जका निर्देशक तुलाराम बिश्वासको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपालगन्जको सुर्खेतरोड स्थित सिद्धार्थ कटेजमा आयोजित बैठकमा बाल संरक्षणको महत्व र “बाल संरक्षण नक्साङ्कनको विषयमा एसओएस युवालय नेपागन्जका सहायक निर्देशक लक्षमण बहादुर कार्कीले प्रस्तुती गरेका थिए । कार्यक्रममा सहभागी भएका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरूले आ–आफना संघ संस्थाहरूले गरेका कार्यको प्रस्तुती गरेका थिए ।
विशेष कारणले संरक्षण गुमाएका वा गुाउने अवस्थामा रहेका बाललबिालकाहरूलाई एकद्वार प्रणालीमा ल्याई आ–आफनो संघ संस्थाहरूले दिने सेवा एकिकृत ढंगले दिने वाताबरण बनाई दिन नेपालगञ्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखालाई अनुरोध गर्ने सहमति गरेको छ । यस्तो ‘बाल संरक्षण नक्साङ्कन निर्माण’मा उल्लेख भए बामेजिम कुन संस्थाले के कस्तो सेवा दिन्छ सो को सजिलोसंग जानकारी पाउने भएकोले यसको अत्यन्त आवश्यक रहेका अधिवक्त बसन्त गौतमले बताए ।
यसैगरी जबरजस्ती करणी जस्ता परिस्थितबाट जन्मेका बालबालिको जन्मदर्ता देखि नागरिकताको ग्यारेन्टी हुनु पर्ने भेरी अस्पतालका ओसीएमसी शाखाका प्रमुख अरबिन्द शाक्यले जोड दिएका थिए । यसरी बालबालिका जन्मजात अधिकारहरू हनन् हुनबाट रोक्न नेतृत्व लिएर अगाडी जान मानव अधिकार कार्यालयका अधिकृत सुप्रिया गुप्ताले बिचार व्यक्त गरिन् । यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षक संघका उपाध्यक्ष तथा राष्ट्रिय आधारभूत बिद्यलायका प्रधानाध्यापक बीरेन्द्र यादवले शहरमा अर्काको घरमा काम गर्न राखेका बालबलिकाहरू बढी शोषणमा परेका र यिनीहरूको संरक्षणको लागी पनि अभिभावकहरूलाई पनि बाल संरक्षणको अभिमुखीकरण आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
बालबलिकाहरू बाल बिज्याँई गरेर बाल सुधार गृहमा आउने र त्यहाँ क्षमता भन्दा बढी बालबालिका राखेर हेरचाह र सुधार गर्नु पर्ने भएकोले कानूनी परिणाम सम्बन्धि सचेतना जगाउनु आवश्यक रहेको बताएका थिए । सामाजिक विकास मञ्च बाँकेका प्रोजेक्ट अफिसर बृजेश ठाकुर, बाँके यूनेस्को क्लबका शंकर सिंह थारु, पश्चिम तारा नेपालका सुरज बहादुर गुरुङ्ग, नेत्रहिन संघ बाँकेका भोला नाथ त्रिपाठी, फतिमा फाउण्डेशनकी मैमुना सिद्दिकी, टिपिओ नेपाल बाँके शाखाका कर्णराज रिमाल र रूपा चौधरी, एसओएस युवालय नेपागञ्जका सह–निर्देशक मीना तुलाधर लगायतले बाल संरक्षणको लागी आ–आफनो धारणा र सुझाव राखेका थिए ।
बैठकको समापन गर्दे एसओएस युवालय नेपागन्जका निर्देशक तुलाराम बिश्वासले बाँके जिल्लामा बाल संरक्षणको लागी सरकारी निकायसंग सहकार्य गरी आवश्यकता को आधारमा बाल अधिकारको अभिमुखीकरण, संरक्षण र विकासमा एकद्वार प्रणालीबाट अगाडी बढनु पर्नेमा जोड दिएका थिए ।