- यातायात व्यवस्था विभागले अति आवश्यक बाहेक लाइसेन्सको स्मार्ट कार्ड छाप्न नसक्ने जनाएसँगै सेवाग्राही समस्यामा परेका छन् । विभागको यो निर्णयसँगै अब ट्रायल पास गरेकाहरूले स्मार्ट कार्ड लाइसेन्स पाउने कि नपाउने वा कहिले पाउने भन्ने अनिश्चित भएको हो ।
- शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलव वृद्धि गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।
- समुदायस्तरबाट संरक्षण सुरु गरेपछि पूर्वी नवलपरासी र आसपासको क्षेत्रमा लोपोन्मुख गिद्धको संख्या बढेको छ । कावासोती नगरपालिकाको पिठौलीमा समुदायस्तरबाट गिद्ध संरक्षणको लागि जटायु रेष्टुरेन्ट स्थापना गरेर संरक्षणको काम सुरु गरेपछि गिद्धको संख्या बढेको हो ।
- ललितपुर महानगरपालिका-२१ खोकनामा लागेको बाह्र वर्षे मेलामा समापनमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझ प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा शनिबार २१औँ निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले २०औँ निजामती सेवा दिवसका अवसरमा घोषणा गरिएका कर्मचारीलाई पुरस्कार प्रदान गरेका हुन् ।
- भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका हुन् ।
- : जुम्लामा तीन स्थानीय तहमा सञ्चालित तीन दिने आँखा शिविरमा चार सय ९८ जना लाभान्वित भएका छन् । तिलगङ्गा आँखा अस्पताल काठमाडौँ र जिल्लाका स्थानीय निकायको समन्वयमा सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा आँखा शिविर सञ्चालन भएका थिए ।
- भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका (तीज) पर्वको व्रत बसेका वर्तालुले शनिबार बिहान गोदान, पूर्णपात्रगरी व्रत समापन गरेका छन् ।