नेपालगन्जमा राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव मनाइयो

नेपालगन्ज । राष्ट्रिय वाणिज्य बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा अाज नेपालगन्जमा  प्रभातफेरी कार्यक्रम  गरेको छ ।

 बाँके र बर्दियामा रहेका ७ वटा शाखाका करिब ७५  बढी कर्मचारीहरु सहभागितामा भएको कार्यक्रमकाे नेतृत्व  नेपालगन्ज शाखा प्रवन्धक गोपाल आचार्यले गरेको प्रशासन इन्चार्ज सुजन ददेलले जानकारी दिए ।

 बित्तिय साक्षरताका नाराहरु सहितको प्ले कार्ड बोकेर कार्यक्रम गरिएको हो । 

हाल बैंकको नेपाल भरी २८६ शाखा, १०० भन्दा बढी एक्सटेन्सन काउन्टर, २५० भन्दा बढी एटीएमबाट आधुनिक बित्तिय सेवा प्रवाह गर्दै आइ रहेको जनाएको छ । 

राष्ट्रिय वाणिज्य बैंकको स्थापना २०२२ माघ १० गते स्थापना  शाखा प्रवन्धक अाचार्यले बताए  । 

बैंकको वार्षिकोत्सबका अवसरमा बैंकले नेपाल भरी नै विभिन्न कार्यक्रम गरिरहेको छ । 

अाज देशभरिनै बृहत प्रभातफेरी गरिएको वरिष्ठ सहायक ददेलले बताए ।

Exit mobile version