नेपालगन्ज मेडिकल कलेजका इन्टर्न डाक्टरहरु शुल्कको विषयलाई लिएर आन्दोलित भएका छन् ।
इन्टर्न डाक्टरहरुले ३ लाख ४१ हजार रुपैयाँ शुल्क नियम विपरित लिएको भन्दै फिर्ता माग गर्दै आन्दोलित भएका हुन् ।
यसअघि कलेज प्रशासन तथा व्यवस्थापनसँग चिकित्सा आयोगको शिर्षकमा नपर्ने शुल्क फिर्ता वा समायोजनका लागि गरिएको आग्रहको वेवास्ता भएको इन्टर्न डाक्टरहरुले बताएका छन् ।
‘शुल्क फिर्ताको लिखित सहमति नहुँदासम्म हाम्रो आन्दोलन जारी रहनेछ’, इन्टर्न डाक्टरहरुले भने ।