लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३३ औं बैठक आज आइतबार बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
सभामा प्रस्ताव पेश भएपछि प्रदेश मामिला तथा कानुन समितिमा पठाउनेगरी निर्णयार्थ प्रस्तुत गरिने जनाईएको छ ।
२०८० असारको २२ गते प्रदेश सभामा पेश भएको विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणिकरण गर्नु भएको थियो ।
यस्तै बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची समेत रहेको छ ।
ज्ञ