आज मोहम्मद डे

फाइल तस्विर : दैनिक नेपालगन्ज

रत मोहम्मदको जन्मदिन (मोहम्मद डे) आज सोमबार इस्लामिक धर्मावलम्वीहरूले हर्षोल्लासपूर्वक मनाउँदै छन् । मोहम्मद डेको पूर्व सन्ध्यामा बाँकेका विभिन्न मुस्लिम बहुल क्षेत्रमा साजसज्जा गरिएको हो ।

विभिन्न ठाउँमा तुल, ब्यानर तथा गेटहरू निर्माण भएको छ । आज सोमबार निस्कने धार्मिक र्यालीका लागि यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेले रुट निर्धारण गरी सुरक्षा व्यवस्था मिलाएको छ ।

मोहम्मद डेका अवसरमा बाँकेका विभिन्न स्थानीय तहले स्थानीय स्तरमा सार्वजनिक बिदा दिएका छन् ।

धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको इस्लामिक पात्रो हिजरी सम्वत् परम्पराको रवि उल अव्वल महिनाको १२ तारिखका दिन जन्म भएको मानिन्छ ।

इस्लाम परम्परामा ‘मोहम्मद डे’ महत्वपूर्ण मानिन्छ । इस्लाम (मुस्लिम) धर्मावलम्बी पर्व विभिन्न धार्मिक कार्यक्रम गरी मनाउँछन् ।

मोहम्मद डेका दिन आज एकाबिहानै नुहाएर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन् । ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ । पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ । यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसारभरिका मानवजातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पु¥याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्यपक्ष भएको इस्लामिक धर्मावलम्वी बताउँछन् ।

Exit mobile version