अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आ.व. २०८१/०८२ को हालसम्म १ सय २२ वटा उजुरी परेका छन् ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जको तथ्यांक अनुसार, गत साउन महिनामा ७१ र भदौंको अन्तिमसम्म ४१ वटा उजुरी दर्ता भएका हुन् ।
अख्तियारले भ्रष्टाचार सम्बन्धी उजुरी प्रत्यक्ष तथा अप्रत्यक्ष माध्यमबाट लिंदै आएको छ ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार, साउन महिनामा इमेलबाट २४, टेलिफोनबाट १, मोबाइल एपबाट १, लिखित १८, हुलाकबाट ७१ उजुरी परेका हुन् । भदौंमा इमेलबाट १२, टेलिफोनबाट २, लिखित ८ र हुलाकबाट १९ उजुरी परेको हो ।