संविधान दिवसको अवसरमा कैदमाफी सिफारिस भएका कैदीहरु जेलमुक्त भएनन् ।
कारागार व्यवस्थापन विभागका अनुसार, गृह मन्त्रालयले निर्णय नगर्दा कैदीहरु छुट्न नपाएका हुन् ।
कारागार व्यवस्थापन विभागले कैदी छुटेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन् ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर सार्कीका अनुसार, गत ९ असारमा पनि ६ सय २० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचना निकालिएको थियो । त्यसको दुई महिनापछि फेरि १७ भदौमा ४ सय २० जनाको कैद कट्टा गर्ने भन्दै सूचना सार्वजनिक गरिएको थियो ।
दुबै टोलीमा सूचना निकालिएकाहरु ३ असोजमा संविधान दिवसको अवसरमा छुट्ने बताइएको थियो । तर अहिले फेरि केही गृह कार्य गर्नुपर्ने भन्दै रोकिएको छ ।