लायन्सद्वारा रक्तदान

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर लायन्स क्लब इन्रनेशन डिष्ट्रिक ३२५ एन र सम्बद्ध क्लबहरूको संयुक्त आयोजनामा शुक्रबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि तथा लायन्स लिडर तथा सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा १ सय १ पिन्ट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रमका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बिरामीको उपचारमा रगत नहोस् भनेर सिद्धार्थ इन्स्योरेन्स, प्याब्सन नगर कमिटिसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको बताए ।

Exit mobile version