आज शनिबार नेपालगन्जमा क्यान्सर पहिचानका लागि निःशुल्क स्वास्थ्य शिविर गरिने भएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्था, बाँके शाखा र नेपालगन्ज स्किन सेन्टरले निःशुल्क रूपमा नेपालगन्ज स्किन सेन्टर पासाङ ल्हामु रोड, नेपालगन्जमा निःशुल्क शिविर आयोजना गर्न लागेका हुन् ।
‘शिविरमा ६ जना विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क चेक जाँच गर्नेछन्’, आयोजक नेपालगन्ज स्किन सेन्टरका प्रमुख, डाक्टर अभिशेष अर्जेलले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रो कोशिश हो, बढी भन्दा बढी लाभग्राहीले यो निःशुल्क स्वास्थ्य शिविरबाट लाभ उठाउन सकुन् ।’
शिविरमा डर्माटोलोजिष्ट डा. अर्जेलसँगै फिजिसियन डा. अल्टाबन राई, इएनटी सर्जन डा. अन्सु शर्मा, जनरल सर्जन डा. बिमर्श अधिकारी, डेन्टल डा. द्वारिका बजगाई र गाइनोलोजिष्ट डा. पुनम आचार्यले निःशुल्क स्वास्थ्य चेकजाँच तथा परामर्श गर्नुहुने आयोजकले जनाएका छन् ।
‘शिविरमा कुनै ल्याब टेस्ट गर्नुपर्ने शुल्मा ५० प्रतिशत छुट र जनरल मेडिसिन उपलब्धताको आधारमा निःशुल्क वितरण गरिने छ’, आयोजकले जानकारी दिएका छन् ।
‘आफू र आफ्नो परिवारसहित छरछिमेकलाई पनि जानकारी गराएर शिविरमा आई समस्या भएको रोगसँग सम्बन्धित डाक्टरसँग चेकजाँच गराउनुहोस्’, डा. अर्जेलले शिविरबारे जानकारी दिंदै भने ।