कसौंधन वैश्य समाजले शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी सय बढी स्थानीयलाई स्वास्थ्य उपचार उपलब्ध गराएको छ । विभिन्न विशेषज्ञ सेवा सहित निःशुल्क स्वास्थ्य शिविरमा १ सय बढीले प्रत्यक्ष स्वास्थ्य सेवा र धेरैले स्वास्थ्य परामर्श सेवा लिएको समाजका अध्यक्ष सन्तोष कुमार वैश्यले जानकारी दिए ।
साता जना विशेषज्ञ चिकित्सक सहित शिविरमा सहभागी स्वास्थ्यकर्मीहरूले समाजलाई स्वास्थ्य चेतनासँगै निःशुल्क उपचार सुविधा उपलब्ध गराएको अध्यक्ष वैश्यको भनाइ छ । ‘अधिकांसलाई उपलब्ध औषधी पनि निःशुल्क वितरण गरिएको थियो’, पहिलो पटक विशेषज्ञ चिकित्सकहरू सहितको स्वास्थ्य सेवा निःशुल्क रूपमा एकै ठाउँमा जानकारी गराइएको जानकारी दिंदै अध्यक्ष वैश्यले भने, ‘यसखालका सेवा आगामी दिनमा पनि उपलब्ध गराउने हाम्रो योजना छ ।’
शिविरमा यूरो सर्जन, अर्थपेडिक सर्जन, फिजिसियन, गाइनाकोलोजिष्ट र मृर्गौला फिजिसियनको प्रत्यक्ष सहभागितामा स्वास्थ्य चेकजाँच तथा परामर्श उपलब्ध गराइएको कसौंधन वैश्य समाजले जनाएको छ ।
शिविर कृपा अस्पतालसँगको सहकार्यमा गरिएको अध्यक्ष वैश्यले जानकारी दिए ।