देशमा आजः ८ बजे ८ खबर

  1. बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि उठेका प्रश्नमाथि निर्सत रूपमा अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएका छन् ।
  2. कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा एक/एक जनाको गरि दुई जनाको मृत्यु भएको हो ।
  3. सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्गको पहिलो र तेस्रो बाइपास ‘ब्रेक थ्रु’ भएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत कुल तीन मध्ये दुई बाइपासको निर्माण सकिएको हो ।
  4. श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्ष निजी भ्रमणका सिलसिलामा चितवन आइपुगेका छन् । पूर्वी नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार राजापाक्ष बुधबार र बिहीबार नवलपरासीमा रहने र शुक्रबार लुम्बिनी जाने कार्यक्रम छ ।
  5. उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ ।
  6. प्रहरी प्रधान कार्यालयले सोमबार गरेको ४१ प्रहरी उपरीक्षक (एसपी) र १४३ प्रहरी नायव उपरीक्षक (डीएसपी) को हरुको काज तथा सरुवा सार्वजनिक गरेको छ ।
  7. नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको माग गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । शहरी विकास मन्त्री समेत रहेका सिंहलाई भेटेर निर्माण व्यवसायीहरुले भुक्तानी माग गरेका हुन् । महासंघका अध्यक्ष रवि सिंहका अनुसार राज्यबाट निर्माण व्यवसायीलाई भुक्तानी गर्ने दायित्व करिब ४५ अर्ब रुपैयाँ छ ।
  8. नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ। यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएको थियो। यो वर्षबाट २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको हो ।
Exit mobile version