नेपालगन्ज : भोलि मदिरा बिक्री नगर्न संघको आव्हान

मदिरा व्यवसायी संघ बाँकेले भोलि सोमबार मदिरा बिक्री वितरण नगर्न आफ्ना सदस्यहरुलाई सूचित गरेको छ ।
संघले भोलि सोमबार भारतको अयोध्या स्थित राम मन्दिरमा हुने प्राण प्रतिष्ठालाई लिएर नेपालगन्जमा पनि धार्मिक कार्यक्रमहरु आयोजना हुने भएकाले जिल्ला प्रशासन कार्यालय बाँकेको विशेष अनुरोधमा मदिरा बिक्री नगर्न सदस्यहरुलाई संघले आव्हान गरेको हो ।

Exit mobile version