विप्रेषणको सबैभन्दा बढी प्रयोग दैनिक उपभोगमा

नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० अनुसार देशभरका घरपरिवार मध्ये ७६.८ प्रतिशतले विप्रेषण प्राप्त गरेको देखिन्छ र यस्ता घरपरिवारले औसतमा रु. १,४५,०९३ प्राप्त गरेको देखिन्छ।

घरपरिवारले प्राप्त गर्ने विप्रेषण मध्ये २९.३ प्रतिशत स्वदेश भित्रबाट ,२१.३ प्रतिशत भारतबाट र ४९.४ प्रतिशत भारत बाहेक अन्य मुलुकबाट प्राप्त हुने गरेको देखिन्छ।

घरपरिवारले प्राप्त गरेको विप्रेषण मुख्य रुपमा दैनिक उपभोगमा खर्च हुने गरेको देखिन्छ ।७२.४ प्रतिशत दैनिक उपभोगमा, १५.८ प्रतिशत ऋण तिर्न, ४.६ प्रतिशत शिक्षामा (स्वदेश), १.९ प्रतिशत घरायसी दिगो सरसामान खरिदमा, १.९ प्रतिशत बचत र १.८ प्रतिशत पूँजी निर्माणमा खर्च हुने गरेको देखिन्छ।

Exit mobile version