बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतिपुरमा ट्रकसँग हाइस ठोक्किएको छ ।
घटनामा हाइसमा सवार ६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, ००१ ज १२५३ नम्बरको हाइस बाटो काट्दै गरेको ना ६ ख ६०३ नम्बरको ट्रक सँग ठोक्किएको हो । दुर्घटनामा हाइसको अगाडि भागमा क्षति पुगेको छ ।